Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम दिदैँ 

पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम दिदैँ 

रासस

२६, आषाढ २०८१
  • 775
    SHARES
  • पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम दिदैँ 

    २६ असार काठमाडौँ । पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म चार सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुुभयो ।

    images

    केन्द्रकै आयोजनामा हालै विभिन्न तालिम सम्पन्न भएको जानकारी दिँदै उहाँले त्यस अन्तर्गत एक महिने डिजिटल मार्केटिङ तालिममा ४० जना सहभागी भएकामा ६ जनाले रोजगारी समेत पाएको बताउनुुभयो । महानगरबाट सञ्चालित ३६ दिने जुनियर ब्यूटिसियन तालिम २० जनाले लिएका छन् भने बारिस्ता कफी बनाउने तालिम ४० जनाले लिएका छन् ।

    images
    images
    images

    त्यस्तै कन्या क्याम्पस नदीपुरमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २५  विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत गुडिया तथा झोला बनाउने तालिम प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुुभयो । केन्द्रले २० जनालाई डेरी तथा मिठाइ बनाउने तालिम प्रदान गरेको छ भने बुटिक तालिम २० जनालाई दिइएको छ । मन्टेश्वरीमा तालिम प्राप्त २० जनामध्ये ६ जनाले रोजगार पाएका छन् ।  व्यवसाय गर्न चाहने दुई सय उद्यमीलाई बीउ पुँजीका रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुुभयो । 

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १५:५९:३६ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको