३० चैत काठमाडौ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हितमा काम गर्न नसके सिंहदरबार सार्नुहोस्र अरू पालिकामा सार्न चुनौती दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले भनेका छन्, ‘कि काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्।’
शीतलनिवासलगायतका प्रशासनिक क्षेत्रको फोहोर नउठाउने अभिव्यक्ति दिएका उनले आज जनताको हितमा काम गर्न नसके सिंहदरबार तथा राजधानी नै सार्न चुनौती दिएका हुन्।

