३ वैशाख काठमाडौ। काठमाडौको बसुन्धारामा स्कारपियो जिपको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् । नयाँबसपार्क बस्ने स्याङ्जाका २३ वर्षीय सुदर्शन अधिकारी घाइते भएको र महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । राति १२ बजे बा १४ च ७९३ नम्बरको स्कारपियो जिपले अधिकारी सवार रहेको साइकललाई ठक्कर दिएको थियो । जिप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।