Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तुलसीपुरको कालाखोलामा आएको बाढीले २ वटा अटोरिक्सा बगाउदा एक जनाको उद्वार , एक जना बेपत्ता

तुलसीपुरको कालाखोलामा आएको बाढीले २ वटा अटोरिक्सा बगाउदा एक जनाको उद्वार , एक जना बेपत्ता

रासस

१९, श्रावण २०८१
  • 661
    SHARES
  • तुलसीपुरको कालाखोलामा आएको बाढीले २ वटा अटोरिक्सा बगाउदा एक जनाको उद्वार , एक जना बेपत्ता

    १९ साउन काठमाडौँ । दाङको घोराही तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले २ जनालाई बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर(४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।

    images

    बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यसैबीच दाङको घोराही(तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ ।बाढीले बगाएका तुलसीपुर(७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । 

     

    प्रकाशित मिति :श्रावण १९, २०८१ शनिवार - ०९:१४:५४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको