Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेताको निधन, भारतीय प्रधानमन्त्री मोदीले  दुःख व्यक्त  गर्दै

भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेताको निधन, भारतीय प्रधानमन्त्री मोदीले  दुःख व्यक्त  गर्दै

रासस

२७, श्रावण २०८१
  • 793
    SHARES
  • भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेताको निधन, भारतीय प्रधानमन्त्री मोदीले  दुःख व्यक्त  गर्दै

    २७ साउन काठमाडौँ । भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।लामो समयदेखि बिरामी रहेका उहाँको  मेदान्त अस्पतालमा निधन भएको हो ।काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ ।

    images

    ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु ।

    images
    images
    images

    उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ ।सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेश मन्त्रीको रूपमा काम गर्नुभएको थियो । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।  

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - १५:४९:३१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको