Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेनाको हेलिकप्टरबाट पाठेघर फुटेको सुत्केरी महिलाको उद्धार 

सेनाको हेलिकप्टरबाट पाठेघर फुटेको सुत्केरी महिलाको उद्धार 

रासस

२७, श्रावण २०८१
  • 733
    SHARES
  • सेनाको हेलिकप्टरबाट पाठेघर फुटेको सुत्केरी महिलाको उद्धार 

    २७ साउन काठमाडौँ ।  सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

    images

    पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो ।

    images
    images
    images

    मगरलाई थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - १६:२०:४९ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको