Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराए : एमालेका सांसद सोनामगेल्जेन शेर्पा

सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराए : एमालेका सांसद सोनामगेल्जेन शेर्पा

रासस

२, भाद्र २०८१
  • 745
    SHARES
  • सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराए : एमालेका सांसद सोनामगेल्जेन शेर्पा

    २ भदौ काठमाडौँ । आज बसेको राष्ट्रियसभाको  बैठकमा नेकपा एमाले का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराउनुभयो ।आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उहाँले भन्नुभयो, “सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरु क्षतिग्रस्त भएको, एकजना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रुपमा क्षति भएको छ ।

    images

    यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरुलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गर्नुभयो । ज्लवायु परिवर्तनबारे नेपालमा भएगरेका अध्ययन÷अनुुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताउनुभयो ।

    images
    images
    images

    थामे नजिकै रहेका पोखरीहरु कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन”, उहाँले भन्नुभयो । सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिनुभयो ।

    प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - १६:४९:५१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको