Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भन्सार कार्यालय वीरगञ्जले साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

भन्सार कार्यालय वीरगञ्जले साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

रासस

९, भाद्र २०८१
  • 850
    SHARES
  • भन्सार कार्यालय वीरगञ्जले साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

    ९ भदौ काठमाडौँ । भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा  तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

    images

    कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गर्नुभयो । चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ ।

    images
    images
    images

    भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा रु चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताउनुभयो । 

    प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - १४:१५:१७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको