Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अवैध रुपमा बरामद भएको ६५ तोला सुन र १० तोला भन्दा बढी चाँदी सार्वजानिक

अवैध रुपमा बरामद भएको ६५ तोला सुन र १० तोला भन्दा बढी चाँदी सार्वजानिक

रासस

१२, भाद्र २०८१
  • 724
    SHARES
  • अवैध रुपमा बरामद भएको ६५ तोला सुन र १० तोला भन्दा बढी चाँदी सार्वजानिक

    १२ भदौ काठमाडौँ । अवैध रुपमा ल्याएको  सुनचाँदी   प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार  करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

    images

    बरामद भएको सामान  नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोकमा अवैध रुपमा  कारोबार भइरहेको  भने सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त सामानसहित चार जना पक्राउ परेका हुन् ।

    images
    images
    images

    महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ । बर्दियाको राजापुर नगरपालिका–८ बस्ने ४० वर्षीय नेपाली थारुले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सुनचाँदीसहित रु एक करोड पाँच लाख ३३ हजार चार सय ४७  मूल्य बराबरको सुनचाँदी फेला परेको प्रहरीले जनाएको छ ।

    उक्त घटनामा पक्राउ पर्ने राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीमप्रकाश सुनार, नेपालगञ्ज–१९ निवासी २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी–४ बस्ने २४ वर्षीय ओमजङ्ग चौधरी प्रक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाइ थप अनुसन्धान गरि रहेको प्रहरीले बताए ।  

     

    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १०:१८:२३ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको