Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपतिले भक्तपुर दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गदै

राष्ट्रपतिले भक्तपुर दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गदै

रासस

१४, भाद्र २०८१
  • 727
    SHARES
  • राष्ट्रपतिले  भक्तपुर दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गदै

    १४ भदा काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन्। आज बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुगेका उनले त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताएका छन् ।

    images

    प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरव क्षेत्रलगायतको अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेले जानकारी दिए ।राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरव मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गरे । साथै उनले तलेजुको प्रसाद पनि ग्रहण गरे ।

    images
    images
    images

    उनले आकाश भैरव मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका थिए ।राष्ट्रपति पौडेललाई भक्तपुरकामा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले राष्ट्रपति पौडेललाई स्वागत गरे । साथै भक्तपुर नगरपालिकाका पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाले यहाँका सम्पदा क्षेत्रबारे विस्तृत जानकारी गराएका थिए ।

    त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं सांसद दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका युवा नेताहरू विनोद कायस्थ, अष्टकुमार कवेँ, हरिदास प्रजापतिलगायतको पनि सहभागिता थियो । राष्ट्रपतिले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्दै जनताको गुनासा सुनेका थिए। कला सङ्ग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनः निर्माण गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १४:५१:०० बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको