Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलंक र जघन्य अपराध हो : प्रधानमन्त्री

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलंक र जघन्य अपराध हो : प्रधानमन्त्री

रासस

२०, भाद्र २०८१
  • 1.1K
    SHARES
  • मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलंक र जघन्य अपराध हो : प्रधानमन्त्री

    २० भदौ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

    images

    तीनै तहका सरकारको प्रतिबद्धतास् मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उनले सबैमा शुभकामना व्यक्त गरेका हुन् ।मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराध हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ ।

    images
    images
    images

    नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिला बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरी पनि मानव बेचबिखनका दृष्टिले बढी जोखिममा छन् प्रधानमन्त्री ओलीले बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - १३:३४:५९ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको