Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बिधार्थीका उपाध्यक्ष नरेश रेग्मीले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा

बिधार्थीका उपाध्यक्ष नरेश रेग्मीले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा

जोईन खबर

२३, भाद्र २०८१
  • 979
    SHARES
  • बिधार्थीका उपाध्यक्ष नरेश रेग्मीले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा

    २३ भदौ काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका निकट अखिल क्रान्तिकारी बिधार्थी संगठनका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी शर्माले  अब हुने  २३ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा  जनाकारी गराएका हुन् ।

    images

    सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक  गर्दै जानेछु र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्याउन  गम्भीरताका साथ बहस उठाउने  बताएका छन् । आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु ।

    images
    images
    images

    उनले पत्रकार सम्मेलनमा बोल्दै सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नो व्यक्तिगत र समूहिक तरिकाबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध समेत ब्यक्त गरे हुन् । यही असोज २–५ गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै छ । अध्यक्ष पदका लागि शर्मा, रावलसहित पवन कार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् ।

    प्रकाशित मिति :भाद्र २३, २०८१ आइतवार - ११:४०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको