Logo

मंगलवार, श्रावण १२ गते २०८३

कतारमा श्रमिकको तलब वृद्धि, अब कतारमा न्युनतम तलब एक हजार रियाल कामय

कतारमा श्रमिकको तलब वृद्धि, अब कतारमा न्युनतम तलब एक हजार रियाल कामय

  • 994
    SHARES
  • कतारमा श्रमिकको तलब वृद्धि, अब कतारमा न्युनतम तलब एक हजार रियाल कामय

    कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ। कतारले दुईवटा कानुन संशोधन गर्दै यस्तो व्यवस्था गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

    images

    अब कतारमा न्युनतम तलब एक हजार रियाल कामय भएको छ। त्यसैगरी हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना पाँच सय रियाल तथा खानाका लागि तीन सय रियाल थप दिनुपर्ने छ।

    यससँगै कतारमा खाना तथा आवाससहित न्युनतम तलब एक हजार आठ सय रियाल हुने छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय टे«ड युनियन महासंघ (आईटीयुसी)ले कतार सरकारको उक्त निर्णय ऐतिहासिक भएको बताएका छन्।

    कतारका लागि नेपालका राजदूत डा.नारदनाथ भारद्वारले यो नयाँ व्यवस्था नेपाली कामदारको लागि लाभप्रद रहेको र यसबाट तीन लाख नेपाली कामदार लाभान्वित हुने बताए।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०५:४१:२० बजे
    images
    ताजा अपडेट
    धेरै पढिएको