Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित 

अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित 

रासस

१६, आश्विन २०८१
  • 661
    SHARES
  • अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित 

    १६ असोज काठमाडौँ । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९०  घर पूर्णरुपमा नष्ट भएको छ भने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।

    images

    यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए। केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरूलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए।

    images
    images
    images

    बलरा नगरपालिकाको ११  वडामा १०६ वटा घर पूर्ण रूपमा र २८२ घरमा आंशिक क्षति पुगेको छ भने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहले जानकारी दिए। जिल्लामा क्षतिको विवरण संकलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न संघसंस्थासँगको सहकार्यमा राहत पुर्‍याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए।

    यस्तै, रामनगर गाउँपालिका(१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रूपमा र ९० घरमा आंशिक क्षति पुगेका छ भने ३३० घर डुबानमा परेको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवन नगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने १९० घर बाढीले डुबानमा पारेको छ ।

    यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका(४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्‍याएको छ भने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए। चन्द्रनगर गाउँपालिका(१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

    जिल्लाको धन्कौल गाउँपालिका(३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रूपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छ भने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए। बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्‍याएको छ भने उखु खेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

    यस्तै, विष्णु गाउँपालिका(७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रूपमा क्षति पुर्‍याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरूले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गर्दिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे।

    बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दूषित पानीका कारण स्थानीय संकटमा रहेको बलरा नगरपालिका(१, निवासी चुनचुन महतोले बताए। 

    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १६:४१:५० बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको