Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्लागण्डकीको झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै

शुक्लागण्डकीको झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै

रासस

२३, आश्विन २०८१
  • 700
    SHARES
  • शुक्लागण्डकीको झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै

    २३ असोज काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ  ।तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ ।

    images

    पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा रु दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गर्नुभएको छ ।

    images
    images
    images

    दसैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् ।

    सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न रु एक करोड विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न रु ५० लाख विनियोजन गरेको छ ।

    प्रकाशित मिति :आश्विन २३, २०८१ बुधवार - १४:४२:३५ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको