Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेपाल आउने तयारीमा एमजी कोमेट मिनी ईभीको विवरण लिक

नेपाल आउने तयारीमा एमजी कोमेट मिनी ईभीको विवरण लिक

जोईन खबर

७, बैशाख २०८०
  • 718
    SHARES
  • नेपाल आउने तयारीमा एमजी कोमेट मिनी ईभीको विवरण लिक

    ७ बैशाख काठमाडौ।एमजी मोटर इन्डियाले उत्पादन गर्ने कोमेट मिनी ईभीको विवरण लिक भएको छ । ईभी ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर निर्माण गरिएको छ । 

    images

    यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम र उचाइ १६४० एमएम रहेको छ । कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक देखाएको छ । कोमेट ईभीलाई कम्पनीले बीच बे (ब्लू), सेनेरिटि (हरियो), सन्डोनर (ओरेन्ज) र फ्लेक्स (रेड) सहित चारवटा रङ्गमा उपलब्ध गराउने छ ।

    images
    images
    images

    यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम लगायत पाउन सकिन्छ ।
    यसमा १०.२५ इन्चको डुअल स्क्रीन, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल क्लस्टर लगायत दिइएको छ ।

    भारतीय बजारका एमजी कोमेट ईभीको सुरुआती मूल्य १० लाख हाराहारी रहने अनुमान गरिएको छ । भारतीय बजारमा विक्री सुरु भएको केही दिनमै नेपाली बजारमा पनि कोमेट ईभी उपलब्ध हुने आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ७, २०८० बिहिवार - १६:४७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको