Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण

सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण

रासस

९, कार्तिक २०८१
  • 793
    SHARES
  • सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण

    ९ कात्तिक काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो ।

    images

    ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेल०का त्रिपुरेश्वर शाखाका प्रमुख सुमनबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँले भन्नुभयो, “बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएका छौँ ।” उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताउनुभयो ।

    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १३:१९:४१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको