८ बैशाख काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ क्षेत्र न १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड भएको छ ।तनहुँ-१ का उम्मेदवार डा.स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो।
तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको गाडीमाथि बिहीबार राति सिसा फुटाइएको छ भने इँटा समेत हानि तोडफोड गरिएको छ। तोडफोड गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।




