Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अमेरिका र अस्ट्रेलिया पढेर आएका दुई साथीले खोलेको 'कुखुरो'

अमेरिका र अस्ट्रेलिया पढेर आएका दुई साथीले खोलेको 'कुखुरो'

जोईन खबर

१०, बैशाख २०८०
  • 727
    SHARES
  • अमेरिका र अस्ट्रेलिया पढेर आएका दुई साथीले खोलेको 'कुखुरो'
    १० बैशाख काठमाडौ।अमेरिकामा पढेका राजी अर्याल र अस्ट्रेलियामा पढेका सुवास अधिकारीले खोलेको 'कुखुरो' होटल र रेस्टुरेन्ट  ल हेरौँ। विकसित मुलुकमा उच्च शिक्षा पढेर फर्केका दुवै जना काठमाडौंका हुन्। आफ्नै देशमा स्वरोगारीबाट आम्दानी गर्न चाहन्थे। विदेशबाट फर्केपछि पनि हामी काठमाडौं उपत्यकाका अनेक होटल र रेस्टुरेन्ट चहार्थ्यौं।
     
    सोसल साइन्स विषय पढेका राजीले सन् २०१२ मा कलंकीस्थित आफ्नै घरको सटरमा 'मःमः किङ' नामक रेस्टुरेन्ट खोले। व्यवस्थापन विषय पढेका सुवास भने इन्जिनियरिङ कन्सल्टेन्सी तिर लागे। कन्सल्टेन्सी अझै पनि चलिरहेको छ। राजीको काम राम्रै भयो। अहिले कालिमाटीमा पनि मःमः किङ छ।
     
    बाहुनको छोरो भएर भैंसीको मःमः बेच्छ भनेर धेरैले होच्याउनुभयो,' राजीले भने, 'यही कुरालाई लिएर मैले व्यवसाय छाडेको भए यसरी अघि बढ्न सक्ने थिइनँ। मैले कसैको नकारात्मक कुराबाट आफ्नो अठोट त्यागिनँ।'राजी र सुवासको काम फरक भए पनि भेटघाट बाक्लो थियो। विस्तारै दुई जना मिलेर खानाका परिकारको व्यवसाय गर्ने योजना बन्यो।
     
    पिरो र मसलेदार स्वादमा ग्रिल्ड चिकेन र बिरयानी पस्किने सोचमा उनीहरूले २०७९ वैशाख १५ गते टोखामा 'कुखुरो' को पसल खोले। सुरूका केही दिन निकै अस्तव्यस्त रूपमा उत्साहजनक व्यापार भयो। व्यवसाय निकै राम्ररी चलेपछि उनीहरूले ललितपुरको धोबीघाटमा पनि कुखुरोको पसल खोले। पहिले 'श्याम दाइको हाँसको छोइला' भएको ठाउँमा अहिले 'कुखुरो' छ।
     
    हामीले धेरै ठाउँको ग्रिल्ड चिकेन चाख्यौं। एक-दुई ठाउँबाहेक सबैमा सामान्य स्वाद आयो। विदेशी जिब्रोलाई हुने, एकदमै लाटो स्वादको लाग्यो,' सुवासले भने, 'अरूभन्दा फरक र स्पाइसी (पिरो) दिऔं भनेर हामीले कुखुरो सुरू गरेका हौं।'स्वादिष्ट र गुणस्तरीय ग्रिल्ड चिकेन र बिरयानी आफूहरूले पस्किएको उनको दाबी छ।
     
    सुवासका अनुसार ती नेपाली सेफ हुन्। दुबईमा लामो समयदेखि बिरयानी बनाउँदै आएका छन्। त्यहाँ उनले सिंगै खसीको बिरयानी बनाउँदा रहेछन्। उनैलाई यहाँ बोलाएर बिरयानीका लागि उनीहरूले काम गरे। एक महिना जति उनीसँग अनुभव लिए।
     
    राजी र सुवासले पनि सोहीअनुसार बिरयानी र ग्रिल्ड चिकेन तयार गर्न सिके। तिनै सेफको सहयोगमा चिकेनसँग खाने अचार पनि धेरैतिर पाइनेभन्दा फरक स्वादको बनाएको उनीहरू बताउँछन्।एक पटक आएका ग्राहक फेरि फर्केर आउनु हाम्रा लागि निकै खुसीको कुरा हो,' सुवासले भने, 'अहिले स्टाफको तलब र सबै खर्च कटाएर आम्दानी राम्रै भइरहेको छ।
     
    कुखुरोको पसलमा बसेर खाने प्रबन्ध भने छैन। प्याकिङ गरेर लैजानुपर्छ। कोहीकोही ग्राहक चाहिँ पालो कुर्ने कुर्सीमै बसेर पनि खान्छन्। हामीले धेरै माझिने मौका पायौं। ग्राहकहरूको मनोविज्ञान बुझ्न सक्ने भएका छौं।

     

    images

     

    images
    images
    images

     

     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १३:५७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको