Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

गोरखाको सहिद लखन  गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिदै

गोरखाको सहिद लखन  गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिदै

जोईन खबर

१२, मंसिर २०८१
  • 832
    SHARES
  • गोरखाको सहिद लखन  गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिदै

    १२ मंसिर काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाले टोलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ ।गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको शाखा प्रमुख श्रेष्ठले बताउनु भयो ।  गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ ।

    images
    images
    images

    गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो । पालिकाले स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराईसहित तीन जनामात्र तालिमप्राप्त स्वास्थकर्मी छन् । 

     

    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १५:४४:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको