Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल– भारत सीमा नजिकै स्कोरपियोको ठक्कर दिदा सशस्त्र प्रहरी सईको मृत्यु 

 नेपाल– भारत सीमा नजिकै स्कोरपियोको ठक्कर दिदा सशस्त्र प्रहरी सईको मृत्यु 

रासस

१६, मंसिर २०८१
  • 640
    SHARES
  •  नेपाल– भारत सीमा नजिकै स्कोरपियोको ठक्कर दिदा सशस्त्र प्रहरी सईको मृत्यु 

    १६ मंसिर काठमाडौँ । सिरहामा स्कोरपियोको ठक्करबाट  सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक सईको मृत्यु भएको छ।

    images

    नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो।भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए।घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यादव वडहरी बेस क्याम्पका कार्यरत थिए।

    images
    images
    images

    जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले  नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिए।सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए। 

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १३:४८:५७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको