Logo

शनिवार, कार्तिक १५ गते २०८३

कर्णाली याक्सविरुद्व सुदुरपश्चिमले पायो  जितको लागि १०२ रनको सामान्य लक्ष्य

कर्णाली याक्सविरुद्व सुदुरपश्चिमले पायो  जितको लागि १०२ रनको सामान्य लक्ष्य

जोईन खबर

१, पौष २०८१
  • 649
    SHARES
  • कर्णाली याक्सविरुद्व सुदुरपश्चिमले पायो  जितको लागि १०२ रनको सामान्य लक्ष्य

    १ पुस काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिगमा आज भएको पहिलो खेलमा कर्णाली याक्सले सुदुरपश्चिम रोयल्सलाई जितको लागि १०२ रनको लक्ष्य दिएको छ। किर्तिपुर टियु मैदानमा टस हारेर पहिलो  ब्याटिङमा कर्णालीले १९छ ओभरमा १० विकेट गुमाएर १०१ रन मात्र बनाएर अलाउट भएका हुन् ।

    images

    कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६,  बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा  दुई, विपिन शर्मा, नन्दन यादव र रित गौतम शून्य रनमा आउट भएका थिए । सुदुरपश्चिम रोयल्सका लागि हर्मित सिंह तीन, स्कट कुगेलेइन दुई, सैफ जेव र  कप्तान दिपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिएका हुन् ।

    images
    images
    images

    सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ। कर्णाली पछिल्ला चार खेलयता अपराजित छ। एनपीएलमा सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन्।

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १०:५५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको