१ पुस काठमाडौँ । नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान गरिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ।
न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।
व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए ।