Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

जोईन खबर

५, पौष २०८१
  • 754
    SHARES
  • मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

    ५ पुस काठमाडौँ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।

    images

    मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो ।

    ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो । बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको थियो ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १५:१२:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको