Logo

बुधवार, श्रावण १३ गते २०८३

संखुवासभा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु

जोईन खबर

२६, फाल्गुण २०७८
  • 775
    SHARES
  • संखुवासभा बस दुर्घटना अपडेट : १३ जनाको मृत्यु

    संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुङ्गस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। 

    images

    संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दुर्घटनास्थलबाट अहिलेसम्म १३ शव निकालिएको जानकारी नेपालखबरलाई दिए।

    ‘गाडीमा कति मान्छे थिए बन्ने एकिनचाहिँ भएको छैन’, उनले भने, ‘लासहरु भीर खोला ढुंगातिरबाट निकाल्दै छौं।’

    मृतकहरुको पहिचान भइसकेको छैन।

    उनका अनुसार ५ जना गम्भीर घाइते भएका छन्। घाइतेलाई हेलिकप्टरबाट उद्धारको प्रयास हुँदै छ। 

    ‘धरान लगेर उपचार गर्न सकिन्छ नभए काठमाडौं’, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने। 

    मादी ओखरबोटेबाट दमकका लागि छुटेको बा ४ ख ७३५  नम्बरको यात्रुबाहक गाडी पुलुङ्गस्थित सातघुम्ती भीरबाट खसेकाे हाे। 

    दुर्घटनाका थप तस्बिर

    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ११:३५:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको