Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन

भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन

जोईन खबर

१४, पौष २०८१
  • 568
    SHARES
  • भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन

    १४ पुस काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु अवास क्षेत्रमा निर्माण भएको भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

    images

    2021.jpeg

    images
    images
    images

    कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुत्त आयोजनामा भएको थियो ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो । यसको निर्माणका लागि कुल चार करोड ५० लाख रुपैंया खर्च भएको छ । कभर्ड हलको सिल्यानास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।

    2022.jpeg

    उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए ।श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मदत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मदत पुग्ने हो ।’

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - ११:२२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको