१४ पुस काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिवार गोरखा नगरपालिकाको जिल्ला पार्टी कार्यालय पाटेचौरमा २१ औं सम्मेलनबाट सुलभ अम्गाई नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस सम्मेलनबाट अध्यक्षमा सुलभ अम्गाई ,उपाध्यक्षमा सन्तोष बस्न्यात,सरोज चुदारा, सचिवमा सचिन खनाल, सहसचिवमा सन्ध्या अच्छामी ,कोषाध्यक्षमा आकृती उपरकोटी सर्वसम्वत चयन भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्या बिनोद उपरकोटीले बताए ।

हिजो सम्पन्न अध्यक्षमा सुलभ अम्गाईको नयाँ नेतृत्वमा ११ वटा पालिकाको भरीका ५१ सदस्सीय कार्यसमिति चयन गरिएको हो । जसको अध्यक्षमा सुलभ अम्गाई, अध्यक्ष मण्डलकी अध्यक्ष सुभ्रदा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य कमला नहर्की, जिल्ला सचिव लगायतका नेता कार्यकर्ताहरुको बक्लो रुपमा उपस्थिति रहेको थियो ।
