१४ पुस काठमाडौँ । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो ।
उनीहरू एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।उनीहरूबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।
विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।