Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल क्रान्तिकारीमा उमेरहदको चुनावको मतगणना स्थागित 

अखिल क्रान्तिकारीमा उमेरहदको चुनावको मतगणना स्थागित 

जोईन खबर

१४, पौष २०८१
  • 688
    SHARES
  • अखिल क्रान्तिकारीमा उमेरहदको चुनावको मतगणना स्थागित 

    १४ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद आए पछि मतगणना रोकिएको छ । सहज तरिका बाट कार्यसमिति चयन गर्न नसके पछि  उमेर हदसम्बन्धी विवाद टुंग्याउन भएको चुनावी परिणाम आउने क्रममा विवाद भएपछि मतगणना नै स्थगित भएको हो ।

    images

    अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । त्यसको परिणाम आउने क्रममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । केही जिल्लामा विवाद भएपछि गएरातिदेखि मतगणना स्थगित भएको हो । बैतडी, दाङ र गुल्मीमा विवाद भएकाले मतगणना स्थगित भएको अखिल क्रान्तिकारी स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले बताए ।

    उमेर हदका सम्बन्धमा विवाद भएपछि गत १० असोजदेखि आयोजित अखिल क्रान्तिकारीको सम्मेलन नेतृत्व चयन गर्न असफल भएको थियो । 

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १४:३८:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको