Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  नेपाल बिज्ञापन संघ आनको २५ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न

  नेपाल बिज्ञापन संघ आनको २५ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न

जोईन खबर

१४, पौष २०८१
  • 943
    SHARES
  •   नेपाल बिज्ञापन संघ आनको २५ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न

    १४ पुस काठमाडौँ । नेपाल विज्ञापन संघ आनको २५ औं वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ। यो साधारण सभा काठमाडौँको ताहाचलस्थित होटल हायात प्लेसमा संघको २५ औं साधारण सभा सम्पन्न भएको हो। नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल बिज्ञापन संघले आज बिज्ञापनदाता, मिडिया, नियामक निकाय तथा बिज्ञापन एजेन्सीहरु लगाएत बिज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा बिशेष कार्यक्रम सहित आप्mनो २५औं बार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

    images

    यस कार्यक्रम उद्वघाटनाको पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब कृष्ण प्रसाद घिमिरे तथा कोषाध्यक्ष साजन श्रेष्ठबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै बार्षिक आर्थिक तथा आगामी आर्थिक बर्षको कार्यक्रम र अनुमानित आय–ब्यय बिबरणहरु बहुमतले पारित गरी नियमकिय प्रावधान पुरा गरिएको कोषाध्यक्ष साजन श्रेष्ठले बताउनु भयो ।त्यस पछि आयोजित दोस्रो सत्रमा बिज्ञापनदाता, मिडिया, नियामक निकाय तथा बिज्ञापन एजेन्सीहरु लगाएत बिज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शिर्षकमा बृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।

    images
    images
    images

    14jj.JPG

    संघका महासचिब घिमिरेका अनुसार बिख्यात बिज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालले समन्वयमा बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ–आप्mनो धारणा राख्नु भएको जानकारी दिनु भयो ।

    बरिष्ठ बिज्ञापन ब्यबसायि रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा बिज्ञापन तथा समग्र मिडिया उद्योगको बर्तमान अबस्थाको चित्रण गर्नु भएको कार्यक्रमको अन्तमा बिज्ञापन ब्यबसायी तथा मिडियाहरु समय सापेक्ष रुपमा परिष्कृत हुनु पर्ने, बिज्ञापनदाताहरुले पनि बिज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनु पर्ने र बिज्ञापनले गर्दा मिडियाहरुलाई आर्थिक आत्मनिर्भर बनाउनेहुँदा मिडियाहरुले पनि बिज्ञापनदाता र लक्षित समुहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगाएत बिज्ञापनलाई बन्देज गर्ने कानुनहरुलाई समेत पुनःबिचार गर्न सम्बद्ध सबै पक्षहरुले आ–आप्mनो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धता सहित सो कार्यक्रम समापन भयो ।

    14aa.JPG

    त्यसै गरी आजको तेस्रो सत्रमा बरिष्ठ सञ्चारकर्मीहरु श्री यादब खरेल, श्री भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष श्री आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. श्री पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका श्री घनश्याम राजर्णिकारलाई नेपालको बिज्ञापन उद्योग परिष्कृत भई आजको अबस्थामा आई पुग्न उहाँहरुले आ–आप्mनो क्षेत्रबाट गर्नु भएको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरियो ।

    त्यसै गरी बर्षेनी एड फेष्टको अबसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ बिज्ञापन बजारहरुका प्रतिनिधिहरु बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई बिश्व बिज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशन्सा पत्र प्रदान गरिएको थियो ।

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १५:०७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको