Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्री प्रचण्डले "पन्ध्रौं विश्व बडी बिल्डिङ च्याम्पियनसिपमा रजत पदक" प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान

पूर्वप्रधानमन्त्री प्रचण्डले "पन्ध्रौं विश्व बडी बिल्डिङ च्याम्पियनसिपमा रजत पदक" प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान

जोईन खबर

१४, पौष २०८१
  • 754
    SHARES
  • पूर्वप्रधानमन्त्री प्रचण्डले "पन्ध्रौं विश्व बडी बिल्डिङ च्याम्पियनसिपमा रजत पदक" प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान

    १४ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ ।अखिल नेपाल खेलकुद महासंघको आयोजनामा  अध्यक्ष प्रचण्डको निवास खुमलटारमा एक कार्यक्रम बिच सम्मान गर्नुभएको हो ।

    images

    50.jpg

    images
    images
    images

    शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको थियो । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गर्नुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्व दिने गरेको बताउनुभयो ।

    51.jpg

    अध्यक्ष प्रचण्डले आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताउनुभयो ।अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्वपूर्ण विधा भएको उल्लेख गर्नु भयो ।

    si.jpg

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २०:३५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको