१५ पुस काठमाडौँ । आज पुस १५ गते नेपालीहरुले आ(आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् ।यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पुस १५ को दिन गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् ।
तिब्बती भाषामा ‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।
नेपालमा ल्होछार मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा। जगमान गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।
चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ । यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको छ । समग्रमा भन्दा पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।