१६ पुस काठमाडौँ । गोरखामा बस दुर्घटना भएको छ । आज बिहान बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीबाट काठमाण्डौ आउदै गरेकोयात्रुवाहक बस दुर्घटना भएको हो ।
उक्त बस काठमाडौँ आउने क्रम सिरानचोक गाउँपालिका वडा न ६ गाँखुको नयाँसागु र जरेबरबिच खैरेनीबनमा सडकको छेउ पटीको भाग भासिएर दुर्घटना भएको एक स्थानियले बताए ।
दुर्घटनामा मानविय क्षेती भने भएको छैन् । अहिले उक्त दुर्घटना भएको बसलाई स्थानिय प्रहरी र बसमा सवार गर्नेहरुको सहकार्यमा सडकको भागलाई बनाउदै सवारी सञ्चालन गर्ने तयारी भएको छ । अहिले सडक भासिएको स्थानमा बस आउतजाउत केही समय रोकिएको छ । घटना बारे थप विवरण आउन बाकी छ ।