१६ पुस काडमाडाैँ । सप्तरीको राजविराज नगरपालिकाले सिद्वार्थ बैंक नेपाल प्रिमियर लिगको विजेता टिमलाई सम्मान गर्ने कार्यक्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका छन् । एनपिएलको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा सोमबार दर्शकले भाषण धेरै भयो भन्दै कार्यक्रमको सभाहलमा राखिएको कुर्सी तोडफोड गरेका हुन् ।
राज रंगशालामा साँझ जनकपुरका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अतिथि बनेर आएका व्यक्तिहरूले राजनीति भाषण धेरै गरेको भन्दै उपस्थित दर्शकले अब भाषण धेरै भयो भन्दै कुर्सी तोडफोड गर्ने सुरु गरेका थिए ।
त्यसै सम्मान कार्यक्रम तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलमठेल पनि भएको थियो । पछि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि कार्यक्रम सुरु गरिएको हो । पूर्व–पश्चिम लोकमार्ग हुँदै सिराहा प्रवेश गरेको टोलीलाई जिल्ला प्रवेश विन्दु कर्जन्हा नगरपालिका– ३ बन्दीपुरमा नगरपालिकाले स्वागत तथा सम्मान गरेको हो । सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको थियो ।