१७ पुस काठमाडौँ । बलरा नगरपालिका वडा न–९ छतौना बोर्डर आउट पोष्ट ९बिओपी०मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको तीव्रगतिमा रहेको यात्रुवाहक बसले ठक्कार दिदा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसान्धन गरिएको प्रहरीले जनाए ।