१७ पुस काठमाडौँ । आज पुस १७ गतेका दिन नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले काठमाडौँमा धोती दिवस मनाएको छ । यस दिवसमा जनमत पार्टीका नेता कार्यकर्ताहरू माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।
उनीहरूले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए ।
उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दाबाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
आज वसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ ।