१७ पुस काठमाडौँ । नेकपा एमालेका नेता डा भिम रावलले आज गरेका पत्रकार सम्मेलनमा आफनै पार्टीका प्रमुख तथा प्रधानमन्त्रीलाई प्रश्न माथि प्रश्न गरेका छन् । केही दिन अघि मात्र पार्टी केन्द्रीय बैठकमा नेता भिम रावललाई पार्टीको सामान्य सदस्या नहुने गरि कारबाही गरिएको थियो ।
नेता डा.भीम रावलले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । पार्टीको बैठक पछि सदस्या नहुने गरि निष्कासन गरे पछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रश्न माथि प्रश्न गरेका हुन् ।
उनले महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिँदैगर्दा ४९ वर्षसम्मको आफ्नो सदस्यता खोस्ने काम भएको समेत बताए । पत्रकार सम्मेलनमा गरेका प्रश्नहरूको जवाफ मागेका छन् ।
ती प्रश्नहरूको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने दाबी समेत गरेका छन् ।
देशभक्ति, लोकतान्त्रिक, न्यायप्रेमी जनताको तर्फबाट देश र जनताको हितका लागि उठाइएका विविध विषयमा उठाइएका प्रश्नहरूको तपाईं केपी ओलीले जवाफ दिनैपर्छ ।
डा.रावले ओली प्रधानमन्त्री हुदा देशमा भएको विभिन्न कार्यन्वयनको समेत प्रश्नको जवाफ माग गरेका छन् ।