Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निष्कासनमा परेका पूर्व महामन्त्री ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग 

निष्कासनमा परेका पूर्व महामन्त्री ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग 

जोईन खबर

१७, पौष २०८१
  • 805
    SHARES
  • निष्कासनमा परेका पूर्व महामन्त्री  ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग 

    १७ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।

    images

    ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।

    images
    images
    images

    राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । पार्टीमा डा। मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् ।

    रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो ।

    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १६:५७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको