१८ पुस काठमाडौँ । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।
नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइने । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा उनले काम गरेकी थिइन् ।
जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन् । कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि निधन भइसकेको छ ।