१८ पुस काठमाडौँ । बालगायक सचिन परियारको उपचारको क्रममा मृत्यु भएको छ। केही दिन देखि बिरामी भएबा १३ वर्षीय परियारको स्वास्थ्य अवस्था जटिल बन्दै गए पछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ।
उनको मृत्यु भएको इसा फाउन्डेसनका सचिव कमल सरगमले फेसबुकमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, बिहीबार बिहान १० बजे परियारको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन्।
सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो। उनलाई नेपालीहरूले प्रशस्तै आर्थिक सहयोग पनि गरेका थिए। तर उनका बुबा तेजेन्द्रले आर्थिक हिनामिना गरेको भन्दै सर्वत्र आलोचना पनि हुने गरेको छ।