१८ पुस काठमाडौँ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूम्पक गएको छ । केही समय अघि गएको भूकम्पले काठमाडौं उपत्यका सम्म धक्का महसुस भएको हो ।
दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पबाट केही क्षति भए नभएको बारे थप विवरण आउन बाकी छ । सुदूरपश्चिम क्षेत्रको विभिन्न ठाउँमा केन्द्र बिन्दु भएर भूकम्प गइरहेको छ।