Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता योङ हार्ट्स र इस्टपोल च्याम्पियन

 नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता योङ हार्ट्स र इस्टपोल च्याम्पियन

जोईन खबर

१८, पौष २०८१
  • 739
    SHARES
  •  नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता योङ हार्ट्स र इस्टपोल च्याम्पियन

    १८ पुस काठमाडौँ । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हाट्र्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल मा।बि गोकर्णेश्वर ५ ले जितेका छन् ।

    images

    महिलातर्फ योङ्ग हाट्र्सले ३ स्वर्ण र एक कास्यसहित टिम प्रथम भएको हो भने, १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा।बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा।बि तेस्रो भए ।

    images
    images
    images

    दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा। बि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ्ग हाट्र्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा।बि।

    तेस्रो भए ,दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।महिला र पुरुषतर्फ जम्मा ६÷६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना बिद्यार्थी सहभागिता रहेको थियो ।

    बिजयी खेलाडीहरु लाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १४:३२:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको