१८ पुस काठमाडौँ । काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी सुस्मिता खड्कासँग बस्ने युवक आज जापान जाने तयारीमा थिए । उक्त युवा जोरपाटीका २३ वर्षीय देवबहादुर थापा रहेको अनुसन्धानमा खुलेएको छ ।
सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ ।अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।
सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीले बताए । २२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते ९मंगलबार० कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज ९बिहीबार० फर्किने तयारीमा थिए ।प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ ।