१८ पुस काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको क्रममा मुत्यु भएका बालगायक सचिन परियारको निधनमा दुःख व्यक्त गरेका छन् ।
आज दिउँसो निधनको खबर प्रप्ता भए पछि प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।उनले सचिनको तस्वीर पनि सेयर गरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल बालगायकको रुपमा चर्चित परियार आज त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।