१९ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक जुट भएर अघि बढ्नुपर्ने बताएका छन्।
उनले आज काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै आएको बताए ।
कार्यकालमा भ्रष्टाचारको बिरुद्ध,सामाजिक विभेदको बिरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा अर्जुनजीले पनि भन्नुभयो, महेशजीले पनि त्यसलाई अलिकति संकेत गर्नुभयो भने समेत जानकारी गराउनु भयो ।
सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक गरेँ । मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु । अध्यक्ष दाहालले स्वच्छ, निष्पक्ष पत्रकारिताका लागि पत्रकार महासंघले खबरदारी गर्नुपर्ने बताए ।