Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्यको शिलान्यास 

टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्यको शिलान्यास 

जोईन खबर

१९, पौष २०८१
  • 592
    SHARES
  • टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्यको शिलान्यास 

    १९ पुस काठमाडौँ । काठमाडौँ बुढानिलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ । उक्त कार्यको लागि काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका छन् ।

    images

    हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी शुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए । करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।

    images
    images
    images

    बुढानिलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसैगरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम सुरु भएको छ ।

    हाल बुढानिलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट शुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १६:२८:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको