Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डलर साटिदिने प्रलोभन देखाएर लाखौ ठगी गरेको आरोपमा मिजार पक्राउ

डलर साटिदिने प्रलोभन देखाएर लाखौ ठगी गरेको आरोपमा मिजार पक्राउ

जोईन खबर

१९, पौष २०८१
  • 649
    SHARES
  • डलर साटिदिने प्रलोभन देखाएर लाखौ ठगी गरेको आरोपमा मिजार पक्राउ

    १९ पुस काठमाडौँ । सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ रामपुर घर भई हाल भक्तपुर बस्दै आएका ४७ वर्षीय सुजित मिजार छन् ।

    images

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उनले ३ पुसमा हरिकृष्ण बराल नाम गरेका व्यक्तिलाई फोन गरी सस्तो दरमा डलर साट्ने प्रलोभन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    images
    images
    images

    बराललाई भक्तपुरकै हनुमन्ते खाला किनारमा बोलाएर उनले डरल भन्दै रुमालले बेरेको कागजको बिटो थमाइदिएर फरार भएका थिए ।बरालसँग डलर साटिदिएको भन्दै उनीबाट ५ लाख रुपैयाँ लिएर उनी फरार भएका थिए । उक्त बिगो खोलेर हेर्दा छेउमा डलर र बाँकी कागजको बिटो रहेको खुलेको थियो ।

     

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १६:४६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको