Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

जोईन खबर

१९, पौष २०८१
  • 688
    SHARES
  • हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित


    १९ पुस काठमाडौँ । हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्णविजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ ।वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रबार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक आङबाबुलाई सम्मान गरेको हो ।

    images

    किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले  सागका स्वर्णविजेता आङबाबुलाई सम्मान गरेका हुन् । किन्डर गार्टेनका खेलकुद प्रशिक्षक लामाले नेपाली खेलकुदमा उसु खेलबाट निरन्तर योगदान पु¥याउँदै आएकाले पूर्वखेलाडी आङबाबुलाई सम्मान गरेको बताए ।

    images
    images
    images

    किन्डर गार्डेनले प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम चलेका एक जना खेलाडीलाई सम्मान गर्ने गरेको पनि विद्यालयका खेलकुद प्रशिक्षक लामाले जानकारी दिए ।आङबाबुले सन् २०१० मा बाङ्लादेशको ढाकामा सम्पन्न ११औं सागमा नेपाललाई उसुको थाउलो विधामा स्वर्ण पदक दिलाएका हुन् ।

    उनले सन् २००८ मा बाङ्लादेशकै ढाकामा सम्पन्न तेस्रो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा पनि समान एक स्वर्ण र रजत पदक जितेका थिए । त्यसबाहेक उनले सन् २००७ मा नै चीनको बेइजिङमा भएको नवौं विश्व उसु च्याम्पियनसिप, २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औं एसियाली खेलकुद र टर्कीमा सन् २०११ मा सम्पन्न ११औं विश्व उसु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।

    किन्डरका कराते, फुटबल र पौडीका प्रशिक्षक लामाले लामो समय नेपाली खेलकुदमा खेलाडीका रूपमा राष्ट्रलाई चिनाउँदै पछिल्लो समय प्रशिक्षणमा योगदान दिएकाले आङबाबुको कामको मूल्याङ्कनसहित सम्मान गरिएको बताए ।

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २०:५३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको