२० पुस काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका वडा न –१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।
उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए ।