२२ पुस काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । बिहान ११ बजेदेखि ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
आइतबारदेखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नेछन् ।
आइतबार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।